
भारत । भारतको राजधानी नयाँदिल्लीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । बीबीसीका अनुसार कोरोना भाइरसको महामारी रोक्न लगाइएको लकडाउन एक साता लम्ब्याइएको हो । यसअघि कोरोना भाइरसको संक्रमण रोक्न गत सोमबार एक साताका लागि भनेर लकडाउन गरिएको थियो।
बीबीसीका अनुसार एक साता लकडाउन गर्दा पनि अवस्थामा सुधार नआएपछि दिल्ली सरकारले सोमबार फेरि एक साता लकडाउन थप्ने निर्णय गरेको हो।लकडाउन गर्नुअघि दिल्ली सरकारले सप्ताहन्त कर्फ्यू लगाएको थियो। कोरोना भाइरसको बढ्दो संक्रमणको जालोलाई तोड्न कर्फ्यू जारी गरिएको थियो। तर त्यसको पालना नगरिएपछि थप कडा नियमहरू लिनुपर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस