aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

यस्तो रहेछ लकडाउनबारे सरकारको सोच

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ बैशाख २०७८
यस्तो रहेछ लकडाउनबारे सरकारको सोच

काठमाडौं । अहिले हरेक मानिसको मुखमा एउटै प्रश्न छ, त्यो हो लकडाउन होला की नहोला ? सरकारले अहिलेसम्म पुर्ण लकडाउनको योजना नबनाएको बताएको छ । आइतबार बालुवाटारमा संवाददाताहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तत्काल देशभरि लकडाउन गर्ने सोचमा सरकार नरहेको बताए।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि ज्ञावालीले पत्रकारहरुले सोधेको प्रशनको जवाफ दिद्यदै भने, ‘लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन। अर्थतन्त्र पनि भर्खर तंग्रिन लागेको छ ल्यसैले अहिले लकडाउन गर्ने सोचमा छैनौँ । 

तर, कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुने कुरा बताउँदै उनले अगाडि थपे, ‘राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’ सरकारले अहिले कोरोना संक्रमण नियन्त्रण गर्न आम नागरिकहरुमा जनचेतनाको कार्यक्रम सञ्चालन गरिरहेको र त्यसलाई अभल बढी व्यबस्थित ढंगले अगाडी बढाउने उनले जानकारी दिए । 

सत्तारुढ दल एमालेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण लाग्न आफ्ना सबै नेता कार्यकर्ताहरुलाई निर्देशन गरेको पनि ज्ञावालीले बताए । 

आम सर्वसाधरणमा लकडाउन हुने हो की भन्ने त्रास छाइरहेका बेला कयाबिनेटका महत्वपुर्ण मन्त्रीले यस्तो जानकारी दिएका हुन् । यससंगै त्रासको वातावरण केही कम हुने अपेक्षा गरिएको छ । तथापी, संक्रमणका दर तिव्र गतिमा बढीरहेका कारण लकडाउन हुने आशंका बिच अघिल्लोदेखि नै मानिसहरु काठमाडौं उपत्यका छाडेर बाहिर जान थालीसकेका छन् । 

लामो दुरीका बस वयवसयाीहरुका अनुसार अहिले काठमाडौंबाट बाहिरीने मानिसहरुको अत्यन्तै बढी चाप छ । उता, बिमान्स्थलमा समेत यात्रुहरुको चाप बढी भएका कारण हवाई उडान संख्या रोक्ने तयारीमा प्राधिकरण लागेको छ । 

प्रतिक्रिया दिनुहोस