
एजेन्सी । अन्तर्राष्ट्रिय वैज्ञानिसहरुको एउटा समूहले मानिस र बाँदरको ठिमाहा भ्रूण विकास गर्ने काममा सफलता हात पारेको जनाएका छन् । अमेरिकी र चिनियाँ वैज्ञानिकबिचको संयुक्त टोलीले गरेको प्रयासबाट २० दिनसम्म यस्तो भ्रूण जीवित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा समाचार प्रकाशित छ ।
यस्ता खाले अध्ययन अनुसन्धान धेरै अगाडीदेखि नै नैतिक प्रश्न उठ्ने गरेको छ । तथापि, वैज्ञानिकहरूले भने यस्तो अनुसन्धानबाट मानव विकास क्रम र जीवनबारे धेरै तथ्यहरू खुल्न सक्ने दाबी गर्दै अनुसन्धानलाई आवश्यक र सही भन्ने गरेका छन् ।
विभिन्न प्रकारका रोगहरूको अध्ययन अनुसन्धान गर्न समेत मानिस र बाँदरका भ्रूण मिसाएर जीवनको विकास क्रमबारे अध्ययन गर्नु जरुरी रहेको उनीहरूको तर्क छ ।
सन् १९७० देखि नै यस प्रकारका अनुसन्धानहरू हुँदै आएको हुन् । तर, पछिल्लो अनुसन्धानमा भने ६ दिनको बाँदरको भ्रूणमा मानिसका कोषहरू मिसाइएको थियो । वैज्ञानिकहरूले बताए अनुसार त्यसको २४ घण्टासम्म १३२ वटा यस्तो भ्रूण जीवितै रहेका थिए । त्यसपछि भने भ्रूणहरू निष्क्रिय बन्दै गए । ९ दिनसम्म १०३ को सङ्ख्यामा झरेको भ्रूणहरू अन्ततः २० औँ दिनमा आइपुग्दा पुर्णरुपमा नष्ट भए पनि वैज्ञानिसहरुले यसलाई ठुलो उपलब्धि मानेका छन् ।
स्मरण रहोस् यसअघि चीनमा सुँगुर र भेडाका भ्रूणहरूमा पनि यस्तै प्रकारको प्रयोग गरिएको थियो । जसको अन्तर्राष्ट्रिय स्तरमै विरोध भएको थियो ।
प्रतिक्रिया दिनुहोस