एजेन्सी । एसियाका धनी मुकेश अम्बानीले बेलायतको एक होटल खरिद गरेका छन् । उक्त होटलमा गल्फ कोर्ष छ जहा जेम्स बाण्ड सिरिजका दुई चलचित्र समेत सुटिङ भएका छन् ।
मुकेश अम्बानीको रिलायन्स इन्डष्ट्रिजले ५९३.०६ करोड भारु अर्थात ७.९ करोड डलरमा बेलायतको स्टोक पार्क होटल एण्ड रिसोर्ट खरिद गरेका हुन ।
स्टोक पार्क बेलायतको अन्तराष्ट्रिय समूहको पहिलो कन्ट्री क्लब होटल हो । यो होटल चलचित्र उद्योगसँग धेरै नजिक छ । यो होटल ममा १९६४ गोल्डफिंगर र १९९७ मा टुमारो नेवर डाइज समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस