aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ग्राहकको दुई अर्ब डलर लिएर क्रिप्टोकरेन्सि एक्सचेन्ज सञ्चालक फरार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ बैशाख २०७८
ग्राहकको दुई अर्ब डलर लिएर क्रिप्टोकरेन्सि एक्सचेन्ज सञ्चालक फरार

एजेन्सी। क्रिप्टोकरेन्सिको बजार भाउ बजारमा लगातार उकालो लागिरहे पनि त्यसबाट मानिसहरू ठगिने क्रम भने रोकिएको छैन। हालै टर्कीमा एक जना क्रिप्टोकरेन्सि एक्सचेन्ज कम्पनीका प्रमुख कार्यकारी अधिकृत ग्राहकको २ अर्ब डलर लिएर भागेका छन्।  

त्यहाँका स्थानीय संचारमाध्यमहरुले जनाए अनुसार राजधानी स्तानबुलमा रहेको क्रिप्टोकरेन्सि एक्सचेन्ज थोडेक्सका संस्थापक समेत रहेका फारुक फतेह ओजार ठुलो रकम लिएर देशबाट भागेका हुन्। उनी भागे पनि सो कम्पनीसँग जोडिएका ६२ जनालाई भने प्रहरीले पक्राउ गरेको छ। त्यसबाहेक अन्य १६ जनाको नाममा पक्राउ आदेश जारी गरेको छ।    

समाचारमा जनाइए अनुसार लगभग ४ लाख जना ग्राहकले क्रिप्टोकरेन्सिमा लगानी गरेको पैसा साट्न पाएका छैनन्। ब्लुम्वर्गले आफ्नो समाचारमा उल्लेख गरे अनुसार यो एक्सचेन्ज कम्पनीले केही दिन यता अनधिकृत साझेदारी कारोबारमा समस्या आएको भन्दै कारोबार रोकेको थियो। पाँच दिनको लागि भन्दै यसको ट्रेडिङ साइट नै बन्द गरेपछि लगानीकर्ताहरू चिन्तित बनेका थिए।  

मानिसहरूले आफू ठगिएको कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए। त्यसपछि यो घटनामा प्रहरीले चासो राखेको थियो। उनी भागेर थाइल्यान्ड पुगेको समाचारहरूमा उल्लेख गरिएको छ। उनी देश छोड्ने क्रममा विमानस्थलमा पुगेको तस्बिर प्रहरीले नै सार्वजनिक गरेको छ। 

 

 

प्रतिक्रिया दिनुहोस