aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

जर्जियाका सभामुखद्वारा राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ बैशाख २०७८
जर्जियाका सभामुखद्वारा राजीनामा

तिब्लिसी । जर्जियाका सभामुख अर्चिल तलाक्भाडजले पदबाट राजीनामा दिने घोषणा गरेका छन । “सत्तारुढ दल र विपक्षी दलका बीचमा सम्झौता गराउने पटक पटक प्रयास गर्दा पनि नभएपछि राजीनामा दिनु उचित ठानेर राजीनामा दिन लागेको हुँ,” उनले भने ।

सकेसम्म तटस्थ भूमिका खेल्न खोज्दा पनि आफूलाई गाह्रो मानिएकाले जिम्मेवारीमा बसिरहन नसकेको उनले बताए । सत्तारुढ दल जर्जियाली ड्रिम पार्टीका अध्यक्ष इराक्ली कोबाखीजका अनुसार सभामुखको जिम्मेवारी काखा कुचाभलाई दिने तयारी भएको छ । तलाक्भाडज सभामुख रहेका बेला कुचाभ उपसभामुख रहेका थिए ।उहाँ सन् २०१६ देखि सत्तारुढ दलको सांसद समेत हुन । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस