
काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा तीन अन्य साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । कोरोना महामारीको दोस्रो लहर तीब्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सीसीएमसीले कम्तीमा वैशाख मसान्तसम्म लकडाउन गर्न सिफारिस गरेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार बसेको सीसीएमसीको बैठकले महामारीको पछिल्लो अवस्थाको समीक्षा गरेको थियो । बैठकमा अधिकांश सदस्यले कोरोना संक्रमणको दोस्र लहर तिव्र विस्तार भएकाले विस्तार भएकाले तत्काल रोकथाम तथा नियन्त्रण गर्नका लागि कडा ििसमको आदेश जारी गर्नु पर्नेै सुझाव दिएक थिए । त्यसपछि बैठकले सर्वसम्मत रूपमा लकडाउन त्यो नभए निषेधाज्ञामा जानुपर्ने निर्णय गरेको हो ।
लकडाउन नभएको खण्डमा सहरी क्षेत्रका जिल्लामा ५ सय र अन्य जिल्लामा दुई सय सक्रिय सक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । उत्यकामा १ हजार जनाभन्दा बढी सक्रिय संक्रमित पुगे । लकडाउन गर्नु पर्ने सिफारिस छ ।
प्रतिक्रिया दिनुहोस