aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

विहीबारदेखि यातायात पुर्णरुपमा बन्द, बैंकका कर्मचारीलाई अबरोध नगर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ बैशाख २०७८
विहीबारदेखि यातायात पुर्णरुपमा बन्द, बैंकका कर्मचारीलाई अबरोध नगर्ने

काठमाडौं । उपत्यकाका तीन जिल्लामा बिहिबार राती १२ बजेदेखि निषेधाज्ञा हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।   

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बिहिबारबाट पुर्णरुपमा सबै खालका यातायात बन्द हुने बताए । तर, अत्यावश्यक सेवाका केहि क्षेत्रहरु भने सुचारु रहने उनले जानकारी दिए । 

यातायात लगायत धेरै क्षेत्रमा निषेधाज्ञा लागु हुने भए पनि वित्तिय क्षेत्रलाई भने सुचारु नै राख्ने योजना रहेको उनले जानकारी दिए । उनले भने, ‘यातायात पुर्णरुपमा बन्द हुन्छ । तर, बैंक तथा वित्तिय संस्थाका कर्मचारीकोहकमा भने आवगमनमा रोक लगाईने छैन ।’
 
निषेधाज्ञाको समयमा सरकारी सेवालाई सुचारु राख्ने तर, हरेक कार्यालयमा कर्मचारी भने आधा मात्रै उपस्थिती हुने गरि व्यवस्था मिलाउन निर्देशन निर्णय भएको समेत उनले बताए ।   

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमितिको सक्रिय संख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिनको लागि सिफारिस गरेको थियो । ठुला शहरहरूमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो। 

जिल्ला प्रशासनको नीतिका कारण अवज्ञा गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस