aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

डीडीसीले माग्यो ३० करोड ऋण, किसानको ३५ करोड तिर्न बाँकी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, १४ बैशाख २०७८
डीडीसीले माग्यो ३० करोड ऋण, किसानको ३५ करोड तिर्न बाँकी

काठमाडौं । दुग्ध  विकास  संस्थान (डीडीसी)ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग ३० करोड सहुलियतपूर्ण ऋण माग गरेको छ । डीडीसीले किसानलाई माघदेखि दूधको भुक्तानी दिएको छैन, सोही भुक्तानीका लागि सरकारसँग सहुलियत ऋण मागेको कृषि मन्त्रालयका (पशुपन्छीतर्फ) निमित्त सचिव डा. विमल निर्मलले बताए । 

डीडीसीका  कार्यवाहक  अध्यक्षसमेत  रहेका सचिव निर्मलले कोभिड–१९ का कारण भएको बन्दाबन्दीको समयमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री नहुँदा पुँजी होल्ड भएको र अहिले किसानलाई समेत भुक्तानी दिने रकम  नरहेको  बताए ।  डीडीसीका  महाप्रबन्धक रुद्रप्रसाद पौडेलले करिब तीन महिनाको ३५ करोड रुपियाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको र बन्दाबन्दीमा बिक्री वितरणमा आएको गिरावट अझै नसुध्रिएका कारण सरकारसँग सहुलियत ऋण माग गरेको बताए ।

कृषि मन्त्रालयमार्फत अर्थमन्त्रालयसँग कुराकानी भइरहेको र औपचारिक पत्र भोलिरपर्सितिर बुझाउने उनले बताए । डीडीसीका बजार व्यवस्थापन प्रमुख सञ्जीव झाका अनुसार करिब एक अर्ब रुपियाँ बराबरको दुग्धजन्य पदार्थ भण्डारमा थन्किएको छ ।

प्रतिक्रिया दिनुहोस