
उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट नायिकाको अवार्ड सहित फिल्म 'नोमेडल्याण्ड'ले यस वर्षको तस्करमा ठुला उपाधि हात पारेको छ । महिला फिल्म निर्देशक क्लोइ चाओले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार र अभिनेत्री फ्रन्सेस म्याकडोनार्डलाई उत्कृष्ट नायिकाको पुरस्कार हात परेको हो।
‘नोम्याडल्यान्ड’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी फ्रन्सेस म्याकडोनार्डले अस्करमा ह्याट्रिक गरेकी छिन् । उनले, यसअघि ‘फार्गो र थ्री बिलबोर्डस् आउटसाइड एबिङ मिसोरी’बाट अवार्ड जितिसकेकी थिइन् ।
यससँगै ओस्कर पुरस्कारको ९३ वर्षको इतिहासमा यो अवार्ड जित्ने क्लोइ चाओ दोस्री महिला निर्देशक भएकी छिन् । त्यस्तै, अभिनेता एन्थोनी हपकिन्सले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । ८३ वर्षीय बेलायती अभिनेता एन्थोनी यो पुरस्कार हासिल गर्ने हालसम्मका सबैभन्दा उमेरदार अभिनेता हुन् । उनलाई फिल्म ‘द फादर’ का लागि यो पुरस्कार प्रदान गरिएको हो ।
यस वर्ष ओस्कारमा क–कसले अवार्ड पाए, यहाँ प्रस्तुत गरिएको छः
फिल्म : नोम्याडल्यान्ड
निर्देशक : क्योल झाओ (नोम्याडल्यान्ड)
अभिनेता : एन्थोनी हप्किन्स (द फादर)
अभिनेत्री : फ्रान्सिस म्याकडरम्यान्ड (नोम्याडल्यान्ड)
सह-अभिनेत्री : यु जोङ उन (मिनारी)
सह-अभिनेता : डेनियल कालुया (जुडास एन्ड ब्ल्याक मसिहा)
एडप्टेड पटकथा : द फादर
मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
कस्ट्युम डिजाइन : रेइनिज ब्ल्याक बटम
ओरजिनल स्कोर : सउल
एनिमेटेड सर्ट फिल्म : इफ एनिथिङ ह्यापेन्ज आइलभ यू
डकुमेन्ट्री फिचर : माइ अक्टोपस टिचर
अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड (डेनमार्क)
ध्वनी : साउन्ड अफ मेटल
प्रोडक्सन डिजाइन : म्यांक
सम्पादन : साउन्ड अफ मेटल
छायांकन : म्यांक
भिजुअल इफेक्ट : टेनेट
एनिमेटेड फिचर फिल्म : सउल
मेकअप एन्ड हेयरस्टाइल : रेइनिज ब्ल्याक बटम
ओरजिनल सङ : फाइट फर यु (जुडास एन्ड द ब्ल्याक मसिहा)
प्रतिक्रिया दिनुहोस