
कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या समेत कहाली लाग्दोरुपमा बढी रहेका बेला अर्को नयाँ खबरले झन् चिन्ता थपेको छ । त्यो हो, भारतमै कोरोना भाइरसको तेस्रो म्युटेशन प्रमाणित भएको घटना ।
स्वास्थ्य विज्ञहरूले जनाए अनुसार कोरोना भाइरसको पहिलो भाइरसको परिवर्तित स्वरूपका रूपमा बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका भिन्नाभिन्नै भेरियन्टहरु अहिले भारतमा भेटिएका छन् ।
त्यति मात्रै होइन की यी भाइरसहरू एक आपसमा अन्तरघुलन हुँदा अर्को तेस्रो भेरियन्ट समेत बनेको छ । यसरी तेस्रो म्युटेन्ट भाइरस कति बढी संक्रामक र घातक छ भन्ने अहिले नै खुलिसकेको छैन । तर, दोस्रो म्युटेन्ट बेलायती भाइरस पहिलेको तुलनामा ७० प्रतिशत बढी संक्रामक भएको यसअघि नै पुष्टि भइसकेको छ ।
भारतमा डबल म्युटेन्ट भाइरसले नै भयावह स्थिति सिर्जना गरिरहेका बेला तेस्रो म्युटेसन प्रमाणित हुनु थप चिन्ताको विषय भएको भन्दै इन्डिया डटकमले लेखेको छ– तेस्रो म्युटेशन जसलाई बी.१.१६७ भनेर चिन्ने गरिन्छ । त्यो धेरै नै बढी खतरनाक हुनसक्ने विज्ञहरूले बताएका छन् ।
यो तेस्रो म्युटेन्ट भाइरसले ठुलो सङ्कट सिर्जना गर्ने भन्दै यसबाट बच्नका लागि आवश्यक सूचना र तयारी जरुरी रहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
महाराष्ट्र, दिल्ली, पश्चिम बङ्गाल र छत्तिस गढबाट सङ्कलित नमुनाहरूमा यस्तो ट्रिपल म्युटेन्ट भाइरस देखा परेबाट भारतका लगभग सबै क्षेत्रमा कोरोनाको पछिल्लो र अझ डरलाग्दो भाइरस फैलिसकेको पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस