aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नेपाल प्रवेश गर्न विदेशी नागरिकले ३ सर्त पालना गर्नुपर्ने

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • बुधबार, १५ बैशाख २०७८
नेपाल प्रवेश गर्न विदेशी नागरिकले ३ सर्त पालना गर्नुपर्ने

काठमाडौं । सरकारले स्थलमार्गका अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्न विदेशी नागरिकलाई कडा प्रावधान समेटिएका तीन सर्त पालना गर्नुपर्ने आदेश जारी गरेको छ । 

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुने गरी भारत र चीनतर्फका नाकाबाट विदेशीलाई प्रवेशका लागि ७२ घण्टाभित्र गरिएको नेगेटिभ पीसीआर रिपोर्ट, क्वारेन्टाइनमा बस्न १० दिनका लागि होटल बुक गरेको प्रमाण र त्यसका आधारमा स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने आदेश जारी गरेको हो । 

भारतीय सीमा नाकाका ८ वटा र उपत्यका प्रवेश गर्ने नाकामा प्रत्येकमा १ हजार क्षमताका होल्डिङ सेन्टर निर्माणको जिम्मा सेनालाई दिइएको छ । त्यसका लागि चाहिने बजेट अर्थ मन्त्रालयले निकासा दिने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस