aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

रसियाले शत्रु देशको सूची सार्वजनिक गर्दै, अमेरिका पहिलो नम्बरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ बैशाख २०७८
रसियाले शत्रु देशको सूची सार्वजनिक गर्दै, अमेरिका पहिलो नम्बरमा

एजेन्सी । अमेरिका र रुसबिच सम्बन्ध तिकंतापुर्ण अवस्थामा पुगेका बेला रुसले आफ्ना शत्रु राष्ट्रहरूको सूची सार्वजनिक गर्ने तयारी गरेको छ । रुसको सरकारी समाचार एजेन्सी तासले जनाए अनुसार सो सूचीमा अमेरिका एक नम्बर पर्दैछ । 

रुसका राष्ट्रपति भ्लादमिर पुटिनले त्यहाँ रहेका विदेशी दूतावासहरूमा रसियन नागरिकलाई काम लगाउन नपाइने आदेशमा हस्ताक्षर गरेको केही दिनमा नै यस्तो समाचार सार्वजनिक भएको हो । 

क्रेमलिनका प्रवक्ता मारिया जाखारोवालाई उदृत गर्दै समाचारमा लेखिएको छ की अमेरिकाले शत्रुतापूर्ण कदमहरू चालेका कारण बदमास राष्ट्रहरूको यस्तो सूची सार्वजनिक गर्न लागिएको हो । उनले हालै एउटा टेलिभिजनलाई दिएको अन्तरवार्तामा दिए अनुसार अमेरिका त्यो सूचीको प्रमुख हिस्सा हुने कुरा जनाएको छ । 

यसरी रुसले शत्रु करार गर्न लागेका अन्य मूलकहरूमा बेलायत, क्यानडा, युक्रेन, अस्ट्रेलिया पनि रहेका छन् । त्यसैगरि, पोल्यान्ड, चेक रिपब्लिक, लिथेनिया, लात्तबिया र इष्टोनियालाई पनि रुसले कालोसूचीमा राख्ने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस