aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फोहोरले भरियो सिस्डोल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ असार २०७६
फोहोरले भरियो सिस्डोल

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने देखिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी उपत्यकाका तीन जिल्लाभित्रको नगरपालिका क्षेत्रका फोहोर नुवाकोटका सिस्डोलमा व्यवस्थापन हुँदै आएको छ ।

सो ल्यान्डफिल साइट भरिएर फोहोर व्यवस्थापन नै गर्न नसकिने अवस्थामा पुगेपछि गम्भीर समस्या देखिएको हो । तत्कालका लागि फोहोर व्यवस्थापन गर्ने कुनै विकल्प नहुँदा थप चुनौति थपिएको छ । 

नुवाकोट साबिकको ओखरपौवा हालको ककनी गाउँपालिका–२ स्थित सिस्डोलमा विगत १४ वर्षदेखि फोहोर व्यवस्थापन हुँदै आएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २०६२ मा तीन वर्षसम्म मात्र फोहोर व्यवस्थापन गर्ने गरी तत्कालीन स्थानीय विकास मन्त्रालयले स्थानीयसँग सहमति गरी त्यहाँ फोहोर व्यवस्थापनको गर्ने गरिएको हो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल अर्को ल्यान्डफिल साइट बन्न नसक्दा समस्या देखिएको बताउँछन् । डंगोल भन्छन्, ‘सहरी विकास मन्त्रालयले साइट निर्माणलगायतको सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । हामीले सरकारले उपलब्ध गराएको स्थानमा फोहोर व्यवस्थापन गर्नेछौं । मन्त्रालयले काम गरिरहेको छ तर ढिलाइ हुँदा समस्या देखिएको छ । ’ आजको राजधानी दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस