
एजेन्सी । भारतमा कोरोना महामारी तिव्र गतिमा फैलिरहेका बेला अमेरिकाले आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो भारत छोड्न आह्वान गरेको छ । अमेरिकी विदेश मन्त्रालयले हेल्थ अलर्ट जारी गर्दै यस्तो भनेको हो ।
अमेरिकाले लेभल-४ नोटिस जारी गरेको छ । ट्राभल डिपार्टले भनेको छ, भारतमा कारोना भाइरसको नयाँ घटना र यसबाट हुने मृत्युको तथ्यांक प्रत्येक दिन नयाँ रेकर्ड बनाइरहेका छन् । भारतको स्वास्थ्य सुविधामा प्राय ध्वस्त भएको छ । यसकारण भारतमा रहेका आफ्ना नागरिक त्यहाँबाट सिधै जहाज चडेर अमेरिका फर्किनू ।
‘भारतमा कोरोनाको नयाँ मामिला र यसका कारण हुने मृत्युको आँकडाले हरेक दिन रेकर्ड तोडिरहेको छ । कोभिड–१९ परीक्षणको सुविधा पनि सिमित छन् । अस्पतालमा स्वास्थ्य सामग्रीको आपूर्तिको विषयमा महामारीको स्थिति छ । यसका साथै नयाँ बिरामीका लागि अस्पतालमा कुनै बेड खाली छैन ।’अमेरिकी विदेश मन्त्रालयले हेल्थ अलर्ट जारी गर्दे भनेको छ ।
प्रतिक्रिया दिनुहोस