aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

निषेधाज्ञा गरेर सरकार नसुतोस् : चेम्बर अध्यक्ष मल्ल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
निषेधाज्ञा गरेर सरकार नसुतोस् : चेम्बर अध्यक्ष मल्ल

काठमाडौं। सरकारलाई निषेधाज्ञाको समयमा मौन नबस्न नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ। आम नागरिकलाई निषेधाज्ञाको नाममा घर भित्र थुनेर, सबै व्यापार व्यवसायलाई ठप्प पारेर ढुक्कले नबस्न चेम्बरका पदाधिकारीले नेपाल सरकार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समक्ष अनुरोध गरेका हुन्। 

निषेधाज्ञाको अवधिमा खोपलाई मोबाइल खोप मार्फत टोल टोलमा पुर्‍याउनु पर्नेमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जोड दिएका छन्। आर्थिकन्युजसंग कुरा गर्दै उनले भने, 'बन्द मात्र गरेर बस्यो भने सङ्क्रमण त केही मात्रामा रोकिएला तर महामारी रोक्ने नै हो भने यो  बेला खोपलाई व्यापक बनाउनु पर्छ।'

सरकारलाई यो काममा सहयोगको आवश्यकता भए चेम्बरका गाउँ गाउँ सम्मका संरचना परिचालन गर्न आफूहरू तयार रहेको समेत उनले बताए। 'यो अप्ठ्यारो परिस्थितिमा आवश्यक पर्‍यो भने हामी सहयोग गर्छौँ।' उनले थपे, 'यो महामारीको बेला रेडक्रस, प्रहरी, आर्मी लगायतका अन्यहरूको पनि सहयोग मागेर मापदण्डको पालना गर्दै अगाडि बढ्नु पर्छ।'

निजी क्षेत्रले  यो समयमा खाद्यान्नको अभाव नहोस् भनेर समेत आवश्यक तयारी गरेको देखिन्छ।  निषेधाज्ञा जारी रहेको बेला अति आवश्यक खाद्यान्नको उद्योगहरू सञ्चालनमा राख्ने र अहिले खासै प्रयोगमा नआउने उद्योगहरू मात्र बन्द गर्ने व्यवस्था मिलाइएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । सञ्चालनमा रहेका उद्योगहरूमा सामाजिक दुरी कायम गरेर उत्पादन सुचारु राखिने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस