aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिटी एक्सप्रेस र फेडरल एक्स्चेञ्जबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ बैशाख २०७८
सिटी एक्सप्रेस र फेडरल एक्स्चेञ्जबीच सम्झौता

काठमाडौं । युनाइटेड अरब इमिरेट्(युएई)को फेडरल एक्स्चेञ्ज र नेपालको सीटी एक्सप्रेस मनी ट्रान्फरबीच सम्झौंता भएको छ । युएईमा रहेका नेपालीहरुले फेडरल एक्स्चेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिने भएको कम्पनीले जनाएको छ । 

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने वा नेपालको  जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेडरल एक्स्चेञ्जका तर्फबाट महाप्रबन्धक रजह आरआर लियानागेले हस्ताक्षर गरेका थिए ।  सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस