
धादिङ । धादिङको गल्छी–बैरेनीमा फेरि राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारण बगाएर ल्याएको बालुवा र लेदोका कारण शनिबार बिहानैदेखि धादिङको गल्छी–बैरेनीमा राजमार्ग अवरुद्ध भएको हो ।
गत शुक्रबार पनि लेदोका कारण ११ घण्टा राजमार्ग अवरुद्ध भएको थियो । शनिबार पनि गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको बालुवाखानी हुँदै आएको लेदो र रातोमाटोले बैरेनी महेशदोभान खोला पूरै भरिएको स्थानीयले जनाएका छन् ।
राजमार्गमा पुरै लेदो भरिएपछि सवारी आवागमन ठप्प बनेको छ । लेदो हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस