
शत्रुतापूर्ण सम्बन्ध रहे पनि भारतमा कोरोना महामारीले विद्रुप रूप देखाएपछि चीनले सहयोगको बाचा गर्दै पत्र लेखेको छ । बीबीसीले जनाए अनुसार चिनियाँ विदेश मन्त्री वाङ यी ले भारतीय समकक्षी यस जय शंकर लाई चिठ्ठी लेख्दै सहयोगको हात बढाएका हुन् ।
चीनले भारतलाई पठाएको पत्रमा लेखिएको छ– महामारीसँग लड्नका लागि चीनमा बनेका समानहरू तीव्र गतिमा भारत पुर्याइदैछ ।
उनले चीनले भारतलाई दिँदै आएको अत्यावश्यक सहयोग जारी राख्ने पनि प्रतिबद्धता जनाएका छन् । कोरोना भाइरस मानताका लागि नै खतरा बनेको र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्दै यससँग लड्नुपर्ने कुरा पनि पत्रमा उल्लेख छ ।
यसअघि भारतका लागि चिनियाँ राजदूत सन विडोङले ट्विटर मार्फत भारतमा भएको अक्सिजनको कमीलाई कम गर्न २५ हजार अक्सिजन कनसन्ट्रेटर आपूर्ति गर्ने काम भइरहेको जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस