aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जमलमा भयानक कार दुर्घटना, कारको इन्जिन उछुट्टिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ असार २०७६
जमलमा भयानक कार दुर्घटना, कारको इन्जिन उछुट्टिए

कार चलाउँदा जमलमा भयानक दुर्घटना भएको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो । तर मानवीय क्षति भने भएको छैन् । 

दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । कारमा रहेका अन्य तीन जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । मच्छिन्द्र आयल स्टोरका सन्चालक समेत रहेका श्रेष्ठको खुट्टामा सामान्य चोट लागेको छ ।

कार कामै नलाग्ने गरी क्षतविक्षत भएको प्रहरीले जनाएको छ । उक्त कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा जोतिएको छ । कारको इन्जिन सडकमै उछुट्टिएको छ भने फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको छ ।

प्रतिक्रिया दिनुहोस