aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

चेतन भगत विरुद्ध कङ्गना ट्विटरमा, भन्छिन्- भारतलाई परजीवी बन्न दिँदैनौ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ बैशाख २०७८
चेतन भगत विरुद्ध कङ्गना ट्विटरमा, भन्छिन्- भारतलाई परजीवी बन्न दिँदैनौ

एजेन्सी। भारतमा अमेरिकी कम्पनी फ़ाइजरको खोप ल्याउने विषयमा चर्चित लेखक चेतन भगत र बलिउड नायिका कङ्गना रनौतबीच वाकयुद्द चलेको छ। चेतनले बेलैमा अमेरिकी खोप भारतलाई भारतमा प्रयोग अनुमति दिइएको भए हालको जस्तो भयावह अवस्था आउने थिएन भन्दै सरकारलाई सो खोप नल्याइनुको कारण सोधेका थिए। 

सामाजिक सञ्जाल ट्विटर मार्फत सरकार समक्ष प्रश्न सोधेका थिए। त्यसपछि चेतन विरुद्ध राष्ट्रवादी भारतीयहरूको एउटा समूह नै एकाएक प्रतिरोधमा उत्रिएको थियो। त्यही भिडमा चर्चित नायिका रनौत पनि मिसिइन्।  

उनले भगतलाई जवाफमा उल्टै प्रश्न सोधेकी छिन्- "कसले भन्यो कि तिनीहरू सर्वश्रेष्ठ हुन्? त्यहाँ मेरा साथीहरू छन् जसले फ़ाइजर भ्याक्सिन लिएका थिए र ज्वरो, शरीर दुखाइ जस्ता समस्याहरू भोगेका थिए। कहिले तपाईँ भारत र भारतीयलाई घृणा गर्न रोक्नुहुन्छ ? हाम्रो खोप विदेशमा पनि माग छ। अहिले हामी आत्मनिर्भर भारत अभियान अन्तर्गत हाम्रो अर्थव्यवस्था सुदृढ पार्न कोसिस गर्दैछौं। परजीवी बन्न रोक्नुहोस्। "

हुन पनि चेतन भगतले ट्विटरमा लेखेका थिए, “फाइजर र मोडर्नाको खोप उत्तम हो। दुवै २०२० डिसेम्बरदेखि उपलब्ध थिए तर ती कुनै पनि भारतमा उपलब्ध छैनन्। किन? के हामी सबै भन्दा राम्रो खोप लाउन लायक छैनौँ? के हामी विदेशबाट हतियार र रक्षा उपकरणहरू खरिद गर्दैनौँ? के यो युद्ध जस्तो अवस्था होइन? किन खोप मात्र यहीँको हुनु जरुरी छ ? "

यसरी भारतीय खोप भन्दा अमेरिकी खोप राम्रो भन्दै त्यसको पैरवी गर्ने ट्विट अहिले 'फाइव प्वाइन्ट समवन’, ‘टू स्टेट्स’ र ‘हाफ गर्लफ़्रेंड’ जस्ता युवाहरूबिच लोकप्रिय पुस्तकका लेखकलाई भारी परेको छ। 

प्रतिक्रिया दिनुहोस