aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

थप सिलिन्डर ल्याउन एयर लिफ्ट’

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १७ बैशाख २०७८
थप सिलिन्डर ल्याउन एयर लिफ्ट’

काठमाडौं । कोरोना  सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा यतिबेला सङ्क्रमितका लागि अक्सिजनको प्रयोग भने असामान्य रूपमा बढेको छ ।

सामान्य दिनमा एउटा अस्पतालबाट दैनिक औसत डेढ दर्जन अक्सिजन सिलिन्डरको माग हुने गरेकोमा अहिले दुई सयवटासम्म सिलिन्डरको माग आउन थालेको अक्सिजन उत्पादकहरू बताउँछन् ।

यस्तो परिस्थितिमा नेपालमा उपलब्ध प्रायः सबै सिलिन्डर प्रयोगमा आइसकेकाले थप  सिलिन्डर ल्याउन एयर लिफ्ट’  गर्नुपर्ने उत्पादकहरूको भनाइ छ ।

अक्सिजन उत्पादनमा नेपाल आत्मनिर्भर रहे पनि  त्यसलाई भर्न आवश्यक  सिलिन्डर भने अब अभाव  हुन थालेको अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमिल्सिनाले बताए ।

अक्सिजनभन्दा पनि सिलिन्डरको अभावले भविष्यमा मागअनुसारको आपूर्तिमा  समस्या पर्ने भएकाले  यसमा  सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस