aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जमलमा गाडी दुर्घटना : इन्जिन नै सडकमा उछिटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ असार २०७६
जमलमा गाडी दुर्घटना : इन्जिन नै सडकमा उछिटियो


काठमाडौं ।  काठमाडौंको जमलमा विहानै ६ बजे भयानक कार दुर्घटनामा भएको छ ।  बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार मानवीय क्षति भने नभएको जनाएको छ। 

चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् भने अन्य तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ । चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो । दुर्घटना भयानक भए पनि सबै सकुशल रहेको  दरबारमार्ग प्रहरीले जनाएको छ ।  कार गलत लेनमा आएर  होटल एलो प्यागोडा नजिक रेलिङमा ठोएिर  कारको इन्जिन सडकमै उछिट्टिएको अबस्थामा रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस