
काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी बजाज अटोका राहुल बजाजले अध्यक्ष र नन एक्जिक्वीभिट डाइरेक्टर पद छोड्ने भएका छन् । उनको स्थानमा कम्पनीमा नीरज बजाजले अध्यक्ष पद सम्हाल्नेछन् । राहुल बजाजले ३० अप्रिल(आज) देखि अध्यक्ष पद छोड्ने घोषणा गरेका छन् । भोलि मे १ तारिकदेखि नयाँ अध्यक्ष नीरज बजाज हुनेछन् ।
नीरज बजाज अहिले पनि कम्पनीको सञ्चालक छन् । ६७ वर्षका नीरजले बजाजमा ३५ वर्ष काम गरिसकेका छन् । राहुल बजाज १९७२ देखि कम्पनीमा नन एक्जिक्वीटिभ अध्यक्षका रुपमा काम गर्दै आएका छन् । उनको उमेरका कारण उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन ।
प्रतिक्रिया दिनुहोस