aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

स्वास्थ्य मन्त्रालयको सिडिओलाई निर्देशनः सबै एम्बुलेन्सको एकीकृत परिचालन गर्नू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
स्वास्थ्य मन्त्रालयको सिडिओलाई निर्देशनः सबै एम्बुलेन्सको एकीकृत परिचालन गर्नू

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै एम्बुलेन्स सेवाहरूलाई एकिकृतरुपमा परिचालन गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरेको छ । स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले देशभरका सिडिओ कार्यालयहरूलाई यस्तो अनुरोध गरेका हुन् । 

मन्त्रालयले भनेको छ– कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले व्यवस्थापनमा चुनौती थपिँदै जाँदा नियमित सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पुर्‍याउन समस्या भइरहेको अवस्था छ । त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्ला भित्र एकीकृत रूपमा परिचालन गरी सेवाग्राहीहरूलाई सहज हुने गरी ठाउँ अनुसार १०२ नम्बर वा प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्र मार्फत सेवा प्रदान गर्ने व्यवस्था गरिदिन अनुरोध छ । 

 

प्रतिक्रिया दिनुहोस