
एजेन्सी । भारतीय औद्योगिक घराना रिलायन्स इण्डष्ट्रिजका उच्च पदमा पुगेका एक जना कर्मचारी सन्यासी बनेका छन् । कम्पनीमा वरिष्ठ भाइस प्रेसिडेन्ट पदसम्म पुगेका प्रकाश शाह जैन धर्म अनुसार सपथ लिएर सन्यासी बनेका हुन ।
गत वर्षमात्र शाह रिलायन्सको भाइस प्रेसिडेन्ट पदबाट अवकाश पाएका थिए । उनले आफ्नी श्रीमति नैनालाई साछी राखेर आफू सन्यासी भएको घोषणा समेृत गरेका छन् । रिलायन्सका दश वर्ष काम गरिसकेका शाहको सेवा सुविधा राम्रो हुँदा हुँदै उनले कम्पनीबाट विदा भएका थिए । उनले संसारीक दुनियालाई त्यागेर अब सन्यासीको बाटो समातेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस