aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

एमसीसीबारे बोल्दै देउवाले भने- अमेरिकी सेना नेपालमा आउन दिउँला त म आफैले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
एमसीसीबारे बोल्दै देउवाले भने- अमेरिकी सेना नेपालमा आउन दिउँला त म आफैले ?
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पारित गर्ने सन्दर्भमा अहिलेसम्म सरकारसंग कुनै छलफल नभएको बताएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलनमा बाल्दै बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसीसीको प्रक्रिया अगाडि बढेको बताए । 

आफ्नो पालामा मन्त्रीपरिषद्ले एमसीसी अनुदान स्वीकार गर्ने निर्णय पारित मात्रै गरेको उल्लेख गर्दै उनले भने, ‘मेरो बेलामा मत्रै आएको होइन । मेरो बेलामा यति भएको हो, क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो अमेरिकामा ।’ उनले अगाडी भने, ‘बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि यो एमसिसी सुरू भएको हो। मेरो बेलामा मात्रै आएको होइन। मेरो बेलामा यत्ति भएको हो । यो ठूलो अनुदान हो, ब्याज तिर्नु पर्ने पनि छैन। यो केबल अनुदान हो।’ 

एमसिसीबारे भ्रम फैलाइएकोमा असन्तुष्टि समेत पोख्दै उनले भने, ‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ।’ नेपालमा एमसीसीलाई आउन दिने हो भने अमेरिकी सेना आउँछ भनेर समेत भ्रम फैलाईएको र झुटो प्रचार गरेको भन्दै उनले आक्रोश पोखे । 

उनको भनाई थियो, ‘अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना ? अमेरिकी सेना आउन दिउँला त म आफैँले ? यस्ता झुठा प्रचार गर्ने ?’

प्रतिक्रिया दिनुहोस