aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आईपीएलको सट्टेबाजी तथा जुवा खेलाउने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
आईपीएलको सट्टेबाजी तथा जुवा खेलाउने पक्राउ

रौतहट । अनलाईन मार्फत आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा गौर नगरपालिका(१ बस्ने २६ वर्षीय सुधिर कुमार जैसवाललाई सट्टाबाजी गर्न  प्रयोग गरेको मोबाईल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनको यूनिभर्सल मोबाइल एसेसोरिज पसलमा म्ष्बmयलम भ्ह्त्ज् अनलाइन मार्फत आइपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा कारोबार गर्दै आईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनले अनलाईन मार्फत ४८ जनाको समूह बनाई सट्टबाजी गरी १७ लाख ३९ हजार ६ सय ४० रुपैयाँ बराबरको सट्टाबाजी जुवा खेलाएको अनुसन्धानबाट खुल्न आएको छ । 

उनी उपर जुवा खेल्न वा सट्टेबाजी गर्ने नहुने अन्तर्गतको कसूरमा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस