अद्भुत क्षमताका धनी एलन मक्स संसार विश्व कोरोना महामारी विरुद्ध युद्धमा होमिएको वर्ष सन् २०२० मा संसार कै सबैभन्दा बढी सम्पत्ति जोड्ने व्यक्ति बने। विश्वका अर्वपतीहरुको सुची जारी गर्ने फोर्ब्सका अनुसार एक वर्ष अघि मात्र २४.६ बिलियन डलर सम्पत्तिका मालिक मक्ससँग आज १७३.६ बिलियन डलर सम्पत्ति छ।
अत्यन्तै छोटो समयमा अकल्पनीय सम्पत्ति कमाएका मक्सको परिचय यतिमा मात्र सीमित छैन। संसार कै दोस्रो धनी व्यक्तिको पहिचान बनाएका उनी मानव सभ्यतालाई नै एउटा ठुलो योगदान दिने महत्त्वाकाङ्क्षी सपना बोकेर अघि बढिरहेका छन्।
मङ्गल ग्रहमा मानववस्ती बसाउने योजनामा लागेका मक्स एउटा साधारण परिवारमा जन्मिएका थिए। कुनै समय जीविकोपार्जनको लागि नाली सफा गर्दै हिँड्ने उनै मक्सको प्रेरणादायी जीवनयात्रा बारे यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ।
एलन मक्सको जन्म २८ जुन १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरीया नामक राज्यमा भएको थियो। एलनको बुबा इन्जिनियर थिए भने आमा मोडल थिइन्। एलन ९ वर्षको हुँदा नै उनको बुबा र आमाको सम्बन्धबिच्छेद भएको थियो। त्यस पछि एलन बाबुका साथ प्रक्रिया राज्यमा बस्न थाले। उनका २ वटा भाइ-बहिनी पनि थिए तर उनका बुबाले सन्तानको खासै मतलब गर्दैन थिए ।
एलनको बाल्यकाल देखि नै प्रविधिमा रुचि थियो। १२ वर्षको उमेरमै एलनले घरमै राखेको कम्प्युटरमा कम्प्युटिंग प्रोग्रामिङ सिकेर 'बाल्स्टर' नामको छुट्टै कम्प्युटर गेम बनाएका थिए। पछि उनले त्यो गेमलाई पिसी एण्ड टेक्नोलोजी कम्पनीलाई ५०० डलरमा बिक्री गरे ।
एलन जुन १९८९देखी क्यानडामा बस्न थाले । त्यहाँ उनलाई आमाको कारणले क्यानडाको नागरिक बन्ने अवसर मिल्यो। उनले पेन्सल्भिया युनिभर्सिटीबाट फिजिक्समा स्नातक डिग्री र वार्डन स्कुलबाट ईकोनोमिक्समा डिग्री हासिल गरे।
एलनले पैसाको पैसाको अभाव पुरा गर्नका लागि क्यानडामा हुँदा कतिपय सानातिना नोकरी पनि गरे। यति सम्म की उनले नाली सफा गर्ने काम समेत गरेका थिए। सन् १९९५ मा उनी फिजिक्समा पिएचडी गर्नका लागि अमेरिका हानिए। अमेरिकामा सेन्टफोर युनिभर्सिटीमा भर्ना भए तर त्यहाँ पुगे पछि उनको ध्यान इन्टरनेट तिर मोडियो। सन् १९९५ मा एलन मक्स र उनका भाइ किम्मे मक्सले आफ्नो बुबाबाट पाएको पैतृक सम्पत्तिले एउटा अनलाइन सफ्टवेयर कम्पनी जिप २ स्थापना गरे। यसले अनलाइन न्युज पेपर इन्डष्ट्रिको लागि 'सिटी गाइड'को काम गर्ने गर्थ्यो। एलन दिनरात केही नभनी अफिसमै बस्दथे।
सन् १९९९ मा एलन र उनको भाले एउटा प्रख्यात कम्प्युटिंग कम्पनी कम्पेक्कलाई सो कम्पनी ३०७ मिलियन डलरमा बेचिदिए। एलन मक्सको भागमा यसको ७ प्रतिशत अर्थात् लगभग २२ मिलियन डलर हात पर्यो। एलनले उक्त पैसाबाट सन् १९९९ मा इलोक्टोनिक पेमेन्ट सिस्टममा काम गर्न सुरु गरे। सन् २००१ यता त्यसलाई पेपाल नामले चिनिन्छ।
एलन मक्सले अध्यक्षका साथै सिईओको रूपमा पेपालको बागडोर सम्हाले । उनले पेमेन्ट इन्डस्ट्रीमा फाइनान्सियल तुफान ल्याएका थिए। तर, सन् अक्टोबर २००२ मा पेपाल बिक्री गर्दा एलन मक्सले १६५ मिलियन डलर प्राप्त गरे। एलन मक्स यतिले मात्रै सन्तुष्ट भएनन् ।
उनी मानव समुदायको धर्तीबाट बाहिर बस्ती बसाउन चाहन्थे।उनको कुरा सुनेर कतिपय उनलाई पागल पनि भन्दथे। यो सपना पुरा गर्नका लागि उनले सन् २००२ मा आफ्नै लगानीमा स्पेसएक्स कम्पनी खोले। जसको प्रारम्भिक लक्ष्य मङ्गल ग्रहमा मानव बस्ती बसाल्नु थियो। उनले स्पेस साइन्स कुनै डिग्री लिएका थिएनन् तर उनले आरनटिक्सको किताब घरमै पढेर यति धेरै ज्ञान हासिल गरे की अन्ततोगत्वा उनले स्पेस एक्स कम्पनी नै खोलिदिए।
यति ठुलो प्रोजेक्टका लागि आवश्यक लगानी र प्रविधिको अभाव थियो। यसको लागि उनले रकेट मार्फत स्याटलाइटलाई पृथ्वीको कक्षमा पुर्याएर पैसा कमाउने योजना बनाए। तर, उनीसँग रकेट बनाउने प्रविधि थिएन त्यसैले सस्तोमा रकेट किन्न रुस गए। त्यहंपानी सस्तोमा किन्न नपाएपछि आफै बनाउन तर्फ लागे। सुरुवाती दुई वटा प्रयोग असफल भए पनि उनी पछि हटेनन्। अन्ततोगत्वा सन् २००८ मा उनको रकेट स्पेसमा पुग्न सफल भयो।
एलन मक्सको यो उपलब्धिबाट अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा) प्रभावित भई अमेरिकी अन्तरिक्ष यात्रुको कक्षतर्फ उडान भर्नका लागि १.६ विलयन डलरको अनुबन्धनको लागि स्पेसएक्ससँग सम्झौता गर्यो। जसले गर्दा उनी आफ्नो अभियानमा सहज ढङ्गले अगाडी बढ्न पाए।
त्यसअघि नै सन् २००३ मा र्माटन हार्बहाड र मार्क र्टापिङले टेस्ला मोटर्सको स्थापना गरेका थिए। कम्पनी इलोक्टोनिक सवारीको पहिलो निर्माताका रूपमा स्थापित भयो। मक्स उनीहरूको आकाङ्क्षाको पूर्ण समर्थन गर्दै यसमा सन् २००४ मा ७० मिलियन डलरको लगानी गर्दै अध्यक्षको रूपमा यो प्रोजेक्टमा जोडिए।
यसरी मक्सले पहिलो इलेकट्रोनिक्स गाडी निर्माणमा ठुलो योगदान गरे। यसका साथै एलनले सोलर सिटी स्थापना गरे जुन अमेरिकाको दोस्रो ठुलो सोलर कम्पनीको रूपमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस