aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मजदुरलाई जहाँ काम गर्‍यो त्यहीँ खाने बस्ने व्यवस्था गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ बैशाख २०७८
मजदुरलाई जहाँ काम गर्‍यो त्यहीँ खाने बस्ने व्यवस्था गरिने

काठमाडौं । उपप्रधानमन्त्री तथा उच्चस्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक ईश्वर पोखरेलले श्रमिकलाई उद्योगभित्रै खाना र बासको व्यवस्था गर्ने बताएका छन्। शनिवार उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो जानकारी गराएका हुन्। 

त्यसै गरी, गरी उद्योग सञ्चालन गर्ने, निर्माण स्थलमै खाना र बासको व्यवस्था गरी सार्वजनिक निर्माणलाई अगाडि बढाउने निर्णय लिइएको र श्रमिक वर्गलाई रोजगारीसँगै स्वास्थ्यमा पनि कुनै समस्या नपरोस् भन्नेमा सरकारले विशेष ध्यान दिएको पनि उनले जनाएका छन् ।

श्रम क्षेत्रमा बजेट वृद्धि गर्नाका साथै दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रम सरकारले सञ्चालनमा ल्याएको पनि उनले बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले आज जारी गरेका शुभकामना सन्देशमा अगाडी लेखिएको छ - सिङ्गो विश्व नै मानव जाति र मानव सभ्यताको रक्षाका लागि लडिरहेका बेला नेपाल सरकारका सामु पनि राजधानीसहित देशका प्रमुख सहरहरूमा निषेधाज्ञा जारी गर्नुपर्ने बाध्यात्मक अवस्था आइपरेको छ । जसका कारण निर्बाध रूपमा श्रम गर्ने वातावरणमा समेत बाधा पुगेको छ ।

श्रमिक वर्गलाई रोजगारीसँगै स्वास्थ्यमा पनि कुनै समस्या नपरोस् भन्नेमा नेपाल सरकारले विशेष ध्यान दिएको उल्लेख गर्दै सन्देशमा लेखिएको छ,  'जीवन प्रमुख कुरा हो, श्रम हाम्रो लागि आधारभूत कुरा हो । तसर्थ, जनताको स्वास्थ्य र जीवन रक्षाका लागि नेपाल सरकारले चाल्नुपरेका बाध्यकारी कदमलाई मनन गरी सकारात्मक सहयोगका लागि अपिल गर्दछु ।'

प्रतिक्रिया दिनुहोस