aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतबाट स्वदेश फर्कने अष्ट्रेलियन नागरिकलाई पाँच वर्ष जेल हालिने !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ बैशाख २०७८
भारतबाट स्वदेश फर्कने अष्ट्रेलियन नागरिकलाई पाँच वर्ष जेल हालिने !

एजेन्सी। आफ्नै देश फर्कँदा पनि अब अष्ट्रेलियन नागरिकले जेल जानुपर्ने भएको छ। अष्ट्रेलिया सरकारले भारतबाट आफ्ना नागरिकलाई स्वदेश फर्कन समेत अस्थाई रूपमा प्रतिबन्ध लगाएपछि आफ्नै देशमा फर्कनु समेत अपराध ठहर हुने भएको हो। 

यदि सरकारी आदेशको अवज्ञा गर्दै कुनै अष्ट्रेलियन नागरिक समेत त्यहाँ पुगे भने त्यस्तालाई पाँच वर्ष जेल वा जरिवाना लाग्न सक्छ। यस हप्ताको सुरुमा अष्ट्रेलियाले भारतबाट आउने उडानहरूलाई प्रतिबन्ध लगायो। भारतमा करिब नौ हजार अष्ट्रेलियालीहरू बसोबास गर्छन्। यी मध्ये ६ सय जनालाई  असुरक्षित कोटीमा राखिएको छ।

अष्ट्रेलियाली मिडियाका अनुसार इतिहासमा यो पहिलो पटक यस्तो हुँदै छ कि अष्ट्रेलियामा आफ्नै देश फर्किनु समेत अपराधी भएको छ। बीबीसीले समाचारमा जनाए अनुसार त्यहाँ नागरिक स्तरबाट भने सरकारको यस्तो निर्णयको विरोध भइरहेको छ। 

अन्य देशहरूको तुलनामा अष्ट्रेलियामा थोरै मृत्यु भएका छन्। सख्त लकडाउन नियमहरूको कारण धेरै अष्ट्रेलियालीहरू विदेशमा फसेका छन्। 

प्रतिक्रिया दिनुहोस