aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

दुईवटा टनेल रोक्न निर्देशन दिएपनि फास्ट–ट्र्याक पूर्वनिर्धारित समयमा सम्पन्न हुने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, १९ बैशाख २०७८
दुईवटा टनेल रोक्न  निर्देशन दिएपनि फास्ट–ट्र्याक पूर्वनिर्धारित समयमा सम्पन्न हुने

काठमाडौं । तराईरमधेस द्रुतमार्ग  (फास्ट–ट्र्याक)  आयोजना निर्माणकार्य  पूर्वनिर्धारित समयमा  सम्पन्न  गर्ने गरी  नेपाली  सेनाले आवश्यक  निर्माण  प्रक्रिया अगाडि  बढाएको छ ।

(फास्ट–ट्र्याक)  परियोजना  निर्माण  बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा  प्रश्न   उठ्नुका साथै सार्वजनिक लेखा  समितिले दुईवटा  टनेल समेटिएको एउटा  ठेक्का  प्रक्रिया  रोक्न  निर्देशन दिएको छ ।  

सो  निर्देशनपछि  केही अल्मलिएको सेनाले काममा तीव्रता दिने जनाएको  हो । त्यस्तै सङ्घीय  संसद्,  प्रतिनिधिसभाअन्तर्गत अर्थ  समिति  र विकास  तथा  प्रविधि  समितिका सदस्य  सांसदहरूले पनि  यही  महिनाको पहिलो साता फास्ट–ट्र्याक’ को स्थलगत  अवलोकन गरी  निर्माणकार्यमा  ढिलासुस्ती  नगर्न  सुझाव दिएका छन् । 

आर्थिक  वर्ष २०७४र७५  बाट सुरु भएको फास्ट–ट्र्याकको निर्माण कार्य आर्थिक   वर्ष २०८०र८१  मा  सम्पन्न  गर्ने लक्ष्य  राखिएको छ । सेनाको कामबाट सन्तुष्ट सांसदहरूले निर्माण कार्य नरोक्न  र प्रक्रिया अविलम्ब थाल्न  सुझाएसँगै  निर्माणको थप  प्रक्रिया  अगाडि बढाइएको  हो । 

प्रतिक्रिया दिनुहोस