aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कोरोनाका कारण संसारभर सास्ती, चीनमा भने देखियो शनिबारे मस्ती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
कोरोनाका कारण संसारभर सास्ती, चीनमा भने देखियो शनिबारे मस्ती

संसार अहिले कोरोना महामारीको दोस्रो लहरले आक्रान्त छ । तर, डेढ वर्ष अघि पहिलो पटक कोरोना भाइरस देखिएको देश चीनमा भने स्थिति बिलकुलै फरक छ । 

शनिवार मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन संसारको धेरैजसो श्रमिकहरू घरभित्रै थुनिएका थिए । तर, चीनमा भने गज्जबको मोज मस्ती देखियो । 

त्यहाँका पर्यटकीय स्थलहरूमा यस्तो भिड देखिन्थ्यो कि मानिसहरू आफ्नो गन्तव्यमा पुग्न तछाड मछाड गरिरहेका थिए । चीनसँगै सीमा जोडिएका भारत र नेपाल लगायतका देशका सडक निशेषाज्ञाले सुनसान हुँदा चिनियाँ सडकमा भने घुम्न निस्किनेको भिडका कारण घण्टौँ घण्टा जाम परेको थियो ।

चिनियाँ सरकारी सञ्चार संस्था ग्लोबल टाइम्सले यसरी सडकमा जाम हुनु र पर्यटकीय स्थलमा थेग्न नसक्नेगरि भिड लाग्नुलाई महामारी नियन्त्रणमा सरकारको सफलताप्रति जनताको विश्वास बढेकोरुपमा व्याख्या गरेको छ । 

चीनले गरेको एक प्रक्षेपण अनुसार शनिवारका दिन त्यहाँ लगभग साढे २६ करोड मानिसहरूले विभिन्न पर्यटकीय स्थलको भ्रमण गरे । विश्वमै चर्चित चीनको ग्रेटवालमा भ्रमण गर्न अनलाइन रिजर्भेसन गर्ने मानिसहरूको सङ्ख्या नै ४८ हजार ७५० रहेको थियो । 

त्यस्तै खालको दृश्य चीनको पूर्वी स्याङडोङ प्रान्तमा रहेको माउन्ट ताइँ इन ताई मा समेत देखिएको थियो । स्थिति त्यहाँ यस्तो थियो कि सो पहाड चढ्ने क्रममा यदि कुनै मानिस बिच बाटोमा पुगेर फर्कने खोज्दा फर्कने ठाउँ नै पाइरहेका थिएनन् । 

 

 

 

प्रतिक्रिया दिनुहोस