aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतमा अब घर घरमा महिन्द्राले अक्सिजन पुर्‍याउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
भारतमा अब घर घरमा महिन्द्राले अक्सिजन पुर्‍याउने

एजेन्सी। कोरोनाको दोस्रो लहरले भारतमा सबै क्षेत्रलाई नराम्ररी गाँज्न थालेपछि त्यहाँका ठुला व्यापारीहरू यस विरुद्धको युद्धमा होमिएका छन्। अक्सिजनको अभावले दैनिक ठुलो सङ्ख्यामा मानिसहरूको मृत्यु हुन थालेपछि त्यसको आपूर्तिमा व्यापारीहरू जुटेका हुन्। 

विश्व कै दशौँ धनी मुकेश अम्बानी मात्र होइन अर्को चर्चित कम्पनी महिन्द्रा एण्ड महिन्द्राले समेत अक्सिजन आपूर्तिमा काम गर्न थालेको छ। अक्सिजनको अभावबाट देशलाई बचाउन इस्पात र पेट्रोलियम कम्पनीहरूले अक्सिजनको उत्पादन गरिरहेका छन्।  कतिपयले कम्पनीहरूले कोभिड भने अस्पताल नै बनाएका छन्। 

यस क्रममा आफूलाई जोड्दै महिन्द्रा एण्ड महिन्द्राले 'अक्सिजन अन व्हील' पहल सुरु गरेको छ। महिन्द्रा समूहको महिन्द्रा लजिस्टिकले यस पहललाई चलाउने छ। भारतीय सञ्चार मध्यमहरूका अनुसार यस पहलको उद्देश्य देशमा अक्सिजनको उत्पादन र यातायातको बिचको दुरीलाई समाप्त गर्नु हो। यो कम्पनीले महाराष्ट्रमा आफ्नो काम सुरु गरिसकेको छ।

महिन्द्रा समूहका प्रमुख आनन्द महिन्द्राले ट्विट गर्दै यस्तो पहलको बारेमा जानकारी दिएका हुन् । उनले भनेका छन्, "मुलुकमा हुने मृत्युको सङ्ख्या घटाउन आज अक्सिजनको खाँचो छ। समस्या अक्सिजनको उत्पादनको होइन, तर निर्माण स्थलबाट अस्पताल र घरहरूसम्म यसको दुवानिको हो। महिन्द्रा लजिस्टिकको 'अक्सिजन अन व्हील' पहल यस अन्तरलाई कम गर्ने प्रयास हो।

यस पहल अन्तर्गत महिन्द्राले अस्पताल र घरहरूमा ट्रकको माध्यमबाट अक्सिजन उत्पादकहरूसँग जोड्नेछ। 

प्रतिक्रिया दिनुहोस