aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

निषेधाज्ञालाई थप कडाइ गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० बैशाख २०७८
निषेधाज्ञालाई थप कडाइ गरिने

काठमाडौं । कोरोना नियन्त्रणा लागि जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञा थप कडाइ गर्न २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय गरिएको बताएका हुन् । 

साथै उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको बताए । ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको  र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको उनले बताए । 

त्यस्तै, प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सवै सरकारी संयन्त्र र स्रोत साधन परिचालन गर्ने भन्दै अस्पतालहरुले अस्पतालहरुले शैयाया लुकाएमा कारवाही हुने बताए । ‘कुनै अस्पतालले विवरण पुरा नपठाइ शैया लुकाएको भेटिएमा कारवाही हुनेछ । ठुला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट उत्पादन गरिने छ ।’ 
 

प्रतिक्रिया दिनुहोस