
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी हुन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । उनीहरुलाई नयाँ प्रदेश प्रमुखमा नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस