
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिक २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्चसमेत) १ अर्ब ८३ करोड रुपैयाँ भएकोमा त्यो रकम पुस नलाग्दै सकिइसकेको थियो ।
महालेखाका अनुसार पुस मसान्तसम्म भ्रमण खर्चबापत २ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ । हालको राजस्व शीर्षक वर्गीकरणअनुसार भ्रमण बजेटलाई तीन भागमा खण्डीकरण गरिएको छ, भ्रमण, विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको भ्रमण तथा अन्य भ्रमण । यी तीनमध्ये भ्रमण शीर्षकमा यस वर्ष १ अर्ब ७२ करोड विनियोजन भएकोमा पुस मसान्तसम्ममा नै २ अर्ब १५ करोड खर्च भईसकेको थियो ।
प्रधानमन्त्री ओलीको प्रत्येक विदेश भ्रमणमा औसतमा २ देखि ४ करोड रुपैयाँसम्म खर्च भइरहेको उपलब्ध विवरणहरुबाट देखिन्छ । यसमा हालै भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीको सपथ ग्रहणमा भारत जाँदा र युरोपको भ्रमणमा भएको खर्चको विवरण भने समावेश छैन् । कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस