aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

धर्तिमाता विरुद्ध बुटवलमा पनि कुटपिट गरेको उजुरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
धर्तिमाता विरुद्ध बुटवलमा पनि कुटपिट गरेको उजुरी

काठमाडौं । अघिल्लो साता काठमाडौं भद्रकालीमा बोक्सी भगाउने भन्दै युवतीमाथि कुटपिट गर्ने धर्तीमााता विष्णु कुँवरले विगतमा पनि माताको भेषमा विभिन्न व्यक्तिलाई यातना दिने गरेको पाइएको छ ।

बुटबलका दुई व्यक्तिलाई पनि धारिलो हतियार प्रहार गरेको आरोपमा कुँवरलाई बुटवल प्रहरीले पक्राउ गरेको खुलेको छ । प्रहरी निरीक्षक हेम केसीले कुँवरले दुई व्यक्तिलाई धारिलो हतियार हानेको भन्दै प्रहरीमा उजुरी परेको पुष्टि गरे । गुल्मी, पालुखा स्थायी घर भएकी कुँवर बुटवल कालिकानगर लखनपथ बस्दै आएकी छिन् । 

प्रहरीका अनुसार उनले बुटवल उपमहानगरपालिका ११ बस्ने झविमाया शिरीष र उनकी छोरी विष्णु थापामाथि धारिलो हतियार प्रहार गरेकी थिईन् । धारिलो हतियार प्रहारबाट घाइते भएका उनीहरुले प्रहरीसमक्ष उजुरी गरेका थिए ।

पीडितको उजुरीका आधारमा कुँवरलाई पक्राउ गरियो । तर पीडितले नै उनीविरुद्ध हालिएको उजुरी फिर्ता लिएपछि छाडिएको प्रहरीको भनाइ छ । बुटवलको घटना मंसिर ११ को हो । सो घटनापछि माताको भेषमा जे गर्दा पनि हुन्छ भनेर उनमा आत्मबल बढेको देखिन्छ । आजको नागरिक दैनिकमा समाचार छ । 
 

प्रतिक्रिया दिनुहोस