aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ बैशाख २०७८
ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् ।

माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।

 मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने निर्णय गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस