aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मलेसियाले श्रममन्त्री विष्टलाई लोप्पा खुवायो !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
मलेसियाले श्रममन्त्री विष्टलाई लोप्पा खुवायो !

काठमाडौं । मलेसिया सरकारले नेपाल लगायत १९ मुलुकबाट कामदार लैजाने प्रक्रियामा कुनै परिवर्तन नहुने प्रस्ट पारेको छ । कात्तिक १२ गते मलेसियासँग श्रम समझदारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाद्वारा श्रम आप्रवासन नीति परिवर्तन गर्न सक्ने भन्दै त्यहाँको रोजगारी रोकिराखेको बेला मलेसियालको यस्तो भनाई आएको हो ।

मलेसियाका गृहमन्त्री तानश्री मुहिद्धिन यासिनले विद्यमान भिसा प्रक्रियामा कुनै परिर्वन नहुने र अर्को व्यवस्था नभएसम्म सबै प्रक्रिया यथावत रहने बताएका छन् । 'हाल भिसा प्रक्रिया फेर्नेबारे कुनै निर्णय गर्न सक्ने अवस्थामा छैनौं,' यासिनको भनाइ उद्धृत गर्दै मलेसियाको सञ्चारमाध्यम न्यु स्टार टाइम्सले जनाएको छ । 

मलेसिया सरकारले त्यहाँ जाने पर्यटक र कामदारको भिसा प्रक्रियामा कुनै परिवर्तन नआउने बताएपछि श्रम मन्त्रालयले अहिलेसम्म मलेसिया रोकिराख्नुको कुनै कारण नरहेको थप पुष्टि हुँदै गएको म्यानपावर व्यवसायी बताउँछन् ।  

गत वर्षको जेठ २ मा मलेसिया जाने कामदारसँग अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगारीसम्बद्ध पाँच संस्थालाई कारवाही प्रक्रिया थालेको मन्त्रालयले कात्तिक १२ मा मलेसियासँग एमओयू गरेको थियो ।

उक्त एमओयूमा रोजगारीमा मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ । सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्ने सहमति भइसके पनि मन्त्रालयले बन्द रोजगारी सुचारु नगर्दा सरकारको चौतर्फी विरोध भइरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस