aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

२५ वर्षीया महिलाले एकै पटक नौ सन्तानलाई जन्म दिईन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ बैशाख २०७८
२५ वर्षीया महिलाले एकै पटक नौ सन्तानलाई जन्म दिईन्

मालीकी एक २५ वर्षीया महिलाले एकै पटक नौ सन्तानलाई जन्म दिएकी छन्।पहिला चिकित्सकहरूले उनको गर्भमा सातवटा भ्रूण भएको बताएका थिए। तर हालिमा सिसेले मोरोक्कोमा अझ दुईवटा बढी बच्चा जन्माइन्।उनको गर्भबाट अहिले पाँच छोरी र चार छोरा जन्मिएका हुन्।

मालीको सरकारले उनको अवस्थाका कारण विशेष स्वास्थ्यसेवा आवश्यक पर्ने कारण मोरोक्को पठाएको थियो।सन् २००८ मा अमेरिकामा आठवटा बच्चा जन्माएकी एक महिलाको नाममा एकैपटक सबैभन्दा धेरै जीवित सन्तान जन्माउने विश्व कीर्तिमान कायम छ।

यसअघि दुई महिलाले नौवटा बच्चा जन्माएको इतिहास छ। तर सन् १९७१ मा अस्ट्रेलिया र सन् १९९९ मा मलेशियामा ती कुनै पनि बालबच्चा केही दिनभन्दा बढी बाँचेनन्।

विश्व कीर्तिमान राखेकी नाड्या सुलेमनका आठै बालबच्चा अहिले १२ वर्षका भए। ती कृत्रिम गर्भाधानबाट जन्मिएका थिए।
मोरोक्कोमा पाँच साता अस्पताल बसेपछि मङ्गलवार शल्यक्रिया गरेको बच्चाहरू जन्माइएको थियो।
 

प्रतिक्रिया दिनुहोस