
एजेन्सी । भारतमा बलात्कार प्रयास रोक्न खोज्दा आमा र छोरीको कपाल मुण्डन गरिएको छ । बिहारमा बलात्कार प्रयास रोक्न खोज्ने आमा र छोरीको एउटा समूहले कुटपिट गर्नुका साथै कपाल मुण्डन गरेको हो ।
कपाल मुण्डनमा संलग्नमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कपाल मुण्डन गर्नुअघि उक्त समूहले आमा र छोरीमाथि कुटपिट गरेको थियो । सात जनाको संख्यामा रहेका उनीहरुमध्ये पाँच जनाको प्रहरीले खोजी गरिरहेको छ ।
बलात्कार प्रयास असफल भएपछि उनीहरुले लौरीले हिर्काएको पीडितको भनाई छ । आमा र छोरी दुवैको शरिरभर चोटको निलडाम देखिन्छ । उक्त समूहले सम्पूर्ण गाउँलेको अगाडि कलाप मुण्डन गरेका हुन् ।
उनीहरुको घरमा केही पुरुष प्रवेश गरेर छोरीलाई यौन दुव्र्यवहार गर्न खाजेका थिए । छोरीले जोगाउन खोज्दा सो समूहले दुवैजनामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
उक्त घटनाको बिहार महिला आयोगले निन्दा गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । यसअघि अप्रिलमा पनि सामूहिक बलात्कार रोक्ने प्रयास गर्ने एक किशोरीमाथि एसिड आक्रमण भएको थियो । त्यस्तै, केही साताअघि बिहारमा एक महिलालाई निर्वस्त्र पारेर गाउँको बजारमा परेड खेलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस