
अमेरिकाको आइडाहोमा रहेको एक विद्यालयमा ६ कक्षामा पढ्ने बालिकाले झोलाबाट बन्दूक निकालेर गोली हानी तीनजनालाई घाइते पारेकी छन् ।
उनले दुईजना विद्यार्थी र एक कर्मचारीलाई गोली हानेकी हुन् । तिनीहरूको ज्यान जोखिममा छैन ।
रिग्बी मिडल स्कूलमा ती बालिकाबाट एक शिक्षकले बन्दूक खोसेका थिए र पछि प्रहरी आइपुगेको जेफरसन काउन्टी शेरिफ स्टिभ एन्डरसनले बताए । ती बालिकाको नाम र उमेर तत्कालै सार्वजनिक गरिएन ।
‘उनले विद्यालयभित्र र बाहिर धेरै राउन्ड गोली चलाइन्,’ एन्डरसनले पत्रकार सम्मेलनमा भने । ‘किन उनले त्यसो गरिन् भन्ने विस्तृत विवरण हामीसँग छैन । त्यसको अनुसन्धान भइरहेको छ ।’
गोली चल्न थालेपछि विद्यार्थीहरूलाई तत्कालै अभिभावक बोलाएर घर पठाइएको थियो । शुक्रवारको कक्षा रद्द गरिएको जेफरसन स्कूल डिस्ट्रिक्ट सुपरइन्टेन्डेन्ट चाड मार्टिनले बताए ।
प्रतिक्रिया दिनुहोस