aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हुवावेले ओएस परिवर्तन गरे गुगलले एक अर्ब युजर्स गुमाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
हुवावेले ओएस परिवर्तन गरे गुगलले एक अर्ब युजर्स गुमाउने

काठमाडौं । स्मार्ट फोन तथा सञ्चार उपकरण निर्माता हुवावेमाथि अमेरिकी सरकारका तर्फबाट व्यापारिक प्रतिबन्धपछि गुगलले पनि कम्पनीको एन्ड्रोइड लाइसेन्स आगामी केही महिनाबाट रद्द गरिसकेको छ ।

यस निर्णयपछि हुवावे आफ्ना स्मार्ट फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम उपलब्ध गराउन नपाउने भएको छ । अमेरिकाको अर्थ मन्त्रालयले हुवावेलाई राष्ट्रिय सुरक्षाका लागि खतरा रहेका कम्पनीहरुको सूचीमा सूचीकृत गरेपछि यो समस्या आएको हो ।

प्रतिबन्धबाट कम्पनीलाई नोक्सान हुने स्वीकार गर्दै ३० देखि ४० अर्ब डलर घाटा हुन सक्ने स्वीकारेको छ । यदि हुवावेले ‘गुगल सिस्टम’ लोड नगर्ने हो भने गुगललाई भविष्यमा ७० देखि ८० करोड युजर्स नोक्सान हुनेछ । आजको नेपाल समाचारपत्रमा यो समाचार छ । 
 

प्रतिक्रिया दिनुहोस