aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

नेपाल समूह अधिवेशनमा अनुपस्थित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ बैशाख २०७८
नेपाल समूह अधिवेशनमा अनुपस्थित हुने

काठमाडौं । नेकपा(एमाले)  माधवकुमार नेपाल समूहका सांसद आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारस्थित संसद् भवनमा बसेको सो समूहको बैठकले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधिसभाको विघटन गरेको, राजनीतिक दललाई विभाजन गराउन खोजेको र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै विश्वासको मत नदिने निर्णय गरेको हो । 

विश्वासको मत लिने एक दिन अगाडि  अध्यादेशबाट संवैधानिक अङ्गमा नियुक्ति गरेको तथा लोकतन्त्रलाई कमजोर तुल्याएको आरोप लगाउँदै आफूहरुले  उनलाई विश्वासको मत दिनुहुन्न भन्ने निर्णय गरेको र उनी प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने माग गरेको नेता भीमबहादुर रावलले जानकारी दिए । सो समूहमा २२ जना प्रतिनिधिसभा सदस्य रहेको जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस