aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

विश्वासको मतका लागि मत विभाजन प्रक्रिया शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ बैशाख २०७८
विश्वासको मतका लागि मत विभाजन प्रक्रिया शुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि मत विभाजन प्रक्रिया शुरु भएको छ ।   मत विभाजनका लागि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराएका छन । 

मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन  तरिका व्यवस्था गरिएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्रस्तुत गरी उक्त प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णय मत दिनुहुने छ, अन्यथा २६६ सांसदले मतजाहेर गरेका  छन ।

 नेकपा ९एमाले०का १२१, नेकपा ९माओवादी केन्द्र०का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र  राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक तथा  स्वतन्त्र एक सांसदलाई मताधिकार छ । 

प्रतिक्रिया दिनुहोस