aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

धान दिवसदेखि प्रधानमन्त्री कृषि आधुनिकिकरण कति सफल ?

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • आइतबार, १५ असार २०७६
धान दिवसदेखि प्रधानमन्त्री कृषि आधुनिकिकरण कति सफल ?

काठमाडाैं । नेपाललले वि.स २०६१ सालदेखि असार पन्ध्रमा धान दिवस मनाउदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उदेश्यले नेपालमा धान दिवस मनाउदै आएको हो  । यस पटक नेपालमा असार १५ गते १६ औं धान दिवस मनाइने भएको छ । 

धान खाद्य पोषण सुरक्षाको लागि मानिसलाई आवश्यक पर्ने क्यालोरीको प्रमुख श्रोत तथा ३.५ अरब जनसंख्याको आधारभुत खाद्य बस्तु हो । संसारमा करिब १६ करोड ७० लाख हेक्टर जमिनमा धान खेती भई ७६ करोड ९६ लाख मे.ट उत्पादन भएको पाइन्छ । धानको ९० प्रतिशत उत्पादन तथा खपत एसियाली मुलुकमै भएको पाइन्छ । 

उत्पादनको दृष्टिले विश्वमा सबै भन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ । भने त्यसपछि भारत, इन्डोनिशिया, बंगलादेश, भियतनाम देश पर्दछन् । 

वैज्ञानिक तथ्य अनुसार ८ देखि १० हजार वर्ष अगाडि मानवीय उपयोगको लागि पहिलो बालीको रूपमा धान खेती गरेको पाइन्छ । यसको उत्पति क्ष्ोत्र मध्ये  नेपाल पनि एक हो । 

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । यो आर्थिक सामाजिक एवम् सांस्किृतिक रूपमा यो महत्वपूर्ण बाली मानिन्छ । नेपालमा समुन्द्रि सतहबाट ६० मिटर देखि ३,०५०  मिटर उचाइसम्म धानको खेती गरिन्छ । नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा धान खेती हुँदै आएको छ । 
नेपालमा मौसमको आधारमा चैते धान, वर्षे धान, भदैया धान, घैया धान र बोरो धानको रूपमा खेती हुने गरेको छ । 

नेपालको  खेती गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धान खेती गरिन्छ । जसको क्ष्ोत्रफलको ।र उत्पादनमा तराई क्षेत्रको हिस्या ७० प्रतिशत भन्दा बढी रहेको छ । धानको क्षेत्रफल र उत्पादन अरू बालीको रूपमा झण्डै दोब्बर हुने कृषि विभागले जनाएको छ । 

नेपालको वार्षिक करिब १.५ खर्ब रूपैयाँ बराबरको धान तथा यसको उप उत्पादनहरू प्राप्त हुने गर्दछ । नेपालको कुल ग्राहस्त उत्पादनमा २७ प्रतिशत अंश कृषिको रहेको छ जसमध्ये २० प्रतिशत योगदान धानको रहेको छ । 

वि.स.२०७५मा रासायनिक मलखाद तथा उन्नत बीउ बिजनको समयमै उपलब्धता, कृषि प्रविधिमा आएको समयानुकूल सुधार एवम् प्रभावकारी प्रसार तथा अनुकुल वर्षको कारणबाट अघिल्लो बर्षाको तुलनामा ९ प्रतिशतले उत्पादनमा बुद्धि भई ४ लाख ५८ हजार मेट्रिक टन उत्पादनमा बढोत्तरका साथ ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भएको कृषि विभागका महानिर्देशक डा. रेवती रमण पौडेलले बताए । 

धानको बाली लगाएको क्षेत्रफलमा अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशतले वृद्धि भई १४ लाख ९१ हजार हेक्टर कायम भएको छ यो उत्पादन अहिले सम्मकै ऐतिहासिक भएको विभागले उल्लेख गरेको छ । 

नेपाललाई आवश्यक पर्ने धानको परिणाममा देश आत्मनिर्भर हुन सकेको छैन । आ.व २०७५/७६ मा नेपालमा करिब ४० लाख मे.ट चामल आवश्यक पर्नेमा करित्र ३४ लाख मे.ट आपूर्ति भई ६ लाख मे.ट चामल अपुग हुने बिभागको भनाई छ । चामलको आपूर्तिको लागि वार्षिक करिब २५ अरब भन्दा बढी नेपाली रूपैयाँ विदेशीन पुगेको छ । 

नेपालमा तराई,मध्य पहाड र उच्च पहाडमा वर्षे सिजनका लागि ११६ र चैते सिजनका लागि ७ गरी १२३ वटा खुल्ला सेचित र हाइव्रिड धानका जातहरू सिफारिस भएका छन् । जसमध्ये करित्र ३० प्रतिशत सुख्खा र १२ प्रतिशत डुवान ग्रस्त जमिनमा धान उत्पादन हुने गर्दछ । 

नेपालमा संकलित स्थानिय तथा जंगली धानका जातहरू राष्ट्रिय कृषि आनुवंशिक श्रोत केन्द्रमा २४००, अन्तराष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठान, फिलिपिन्समा३४५०, जापानमा १२३८, भारतमा ५६० दसक्षण कोरीया ४२४,भुटानमा १५०, अमेरिकामा १२१, रसीयामा ४० र अफ्रिकामा ६ गरी जम्मा ८३८९ जर्मप्लाज्म संरक्षित गरिएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरणमा धान खेती घट्दो

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत २०७३/७४ मा सुपरजोन र जोन बाली अन्तर्गत ५२९५ क्ष्ोत्रफलमा २२५८१ मे.ट उत्पादन र ४.२६ मे.ट उत्पादकत्व भएको थियो  । भने ०७५/७६ मा ३.७४ मे.ट धान उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका  सुचना  अधिकारी परशुराम रावतले बताए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरणले उत्पादकत्वमा वार्षिक १० प्रतिशत बृद्धि गर्ने र कृषिमा परनिर्भरता बनाउने भने पनि उत्पादन घट्दो क्रममा रहेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरणमा ०७५/७६ मा ३ अर्ब २५ करोड वजेट कृषिमा छुट्याएको मा २ अर्ब २६ करोड खर्च भएको रावतले बताए । 
 

२०७३/७४ मा प्रधानमन्त्री कृषि आधुनिकिकरणमा कुन जिल्लामा कति भए धान उत्पादन
 

      जिल्ला        पाकेट संख्या   क्षेत्रफल      उत्पादन       उत्पादकत्व

  1. सुनसरी       ७                ८७             ३५७ मे.ट        ४.१०मे.ट
  2. मोरङ         १३               १८५           ८३३मे.ट        ४.५०मे.ट
  3. खोटाङ्ग        १                १०              २७ मे.ट          २.७०  मे.ट 
  4. सप्तरी         ३१              ३१०             ९१५ मे.ट         २ं९७ मे.ट
  5. सिराह          १३              १५२             ४८६ मे.ट         ३.२०मे.ट
  6. सिन्धुली        ३                ४९               १६२ मे.ट          ३.३०मे.ट
  7. सर्लाही         १३               १६५             ५६० मे.ट         ३ं३९मे.ट
  8. महोत्तरी        २३              २३०              ७८२ मे.ट          ३ं.४०मे.ट
  9. धनुषा           १९              २८०              ९१२ मे.ट         ३ं.२६मे.ट
  10. काठमाडौ      १                १०                ५२ मे.ट          ५.२०मे.ट
  11. ललितपुर        ४               ४३                १३४             ३.०९मे.ट
  12. भक्तपुर          ५               ६२                ३९५              ६ं.३७ मेट
  13. धादिङ           १                १२                 ३८               ३ं.२०मे..ट
  14. चितवन          २०               ३१०               ११८४             ३ं.८२मे.ट
  15. मकवानपुर      ३                ५०                 १२२.५             २.४५
  16. लम्जुङ           ५                १४४३              ३३१९              २.३०
  17. स्याङजा         २                ४५                  १६७               ३.७०
  18. बाग्लुङ           २                २०                  ६५                ३.२५
  19. पर्वत              ३                ३३                   ९२                २.८२
  20. पाल्पा             ३                ३०                   ११७                 ३.९०
  21. कपिलवस्तु      ३६               ४०५                १५८०                ३.९०
  22. प्युठान            ३                 ४०                   १३४                  ३.३५
  23. दाङ्ग               १७              १७१                  ७७०                  ४.५०
  24. कास्की            ३                ३८                    १४५                   ३.८७
     

प्रतिक्रिया दिनुहोस