aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अमेरिकी राष्ट्रपति ट्रम्प किमसँग गोप्य वार्ता गर्न उत्तर कोरिया पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
अमेरिकी राष्ट्रपति ट्रम्प किमसँग गोप्य वार्ता गर्न उत्तर कोरिया पुगे

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोन उनबीच कोरियाली सीमा क्षेत्रमा भेटवार्ता भएको छ ।

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्र डीएमजेडमा उनीहरुबीच भेट भएको हो ।

डीएमजेड अर्थात डिमिलिट्राइज्ड जोन(सीमा क्षेत्र) उत्तर र दक्षिण कोरियालाई विभाजित गर्ने असैन्यकृत क्षेत्र हो ।

यो अभूतपूर्व भेटवार्ता ट्रम्पले अचानक किम जोन उनसँग डीएमजेडमा भेट्ने प्रस्ताव गरेपछि भएको हो ।

भेटवार्तासँगै ट्रम्प उत्तरकोरियाली भूमिका टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । उनी उत्तर कोरियाको भूमिमा २० पाइला हिँडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सीमा क्षेत्रमा ट्रम्प पुगेपछि उनलाई स्वागत गर्न किम पुगेका थिए र उनीहरु सँगसँगै उत्तर कोरियाली भूमिमा हिँडेका थिए । त्यसपछि किम र ट्रम्पबीच एक्लाएक्लै वार्ता भएको सीएनएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस