aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

पृथ्वीसुब्बा गुरुङ विपक्षी दललाई छक्काएर पुन बने मुख्यमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ बैशाख २०७८
पृथ्वीसुब्बा गुरुङ विपक्षी दललाई छक्काएर पुन बने मुख्यमन्त्री

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधवार साँझ नियुक्त मुख्यमन्त्री गुरुङले बुधवारै शपथ लिएका हुन् ।

प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुरूप संसदमा ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । 

यसअघि नेपाली कांग्रेससहित ४ दलको गठबन्धनले कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिनुपर्ने दाबी गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस