aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० बैशाख २०७८
माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेको कारवाही फुकुवा गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो । उहाँका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस